वक्सअफिसका नयाँ ‘बोस’ अक्षय, सलमान, अजय र आयुष्मानलाई यसरी पछार्दैछन्

0
59

बलिउडमा पछिल्लो समय कोही अभिनेता अत्याधिक सफल छ भने ती अभिनेता अक्षय कुमार हुन्।

उनी आफूले काम गरेका हर जनराका सिनेमामा सफल बन्दै आइरहेका छन्।

उनी प्रयोगात्मक सिनेमाका साथमा सुत्रात्मक कमेडी, वायोपिक, ऐतिहासिक सबै खाले सिनेमा आफ्ना समकालिन साथी कलाकारहरूभन्दा अगाडि देखिएका छन्।

Image result for akshay kumar

हालै रिलिज भएको ‘हाउसपुल ४’बाट उनले कमाइको मामिलामा सलमान खान, अजय देवगन तथा आयुष्मान खुर्रानाका सिनेमाको कमाइलाई पछि पार्ने क्रममा रहेका छन्।

उनले कमेडी सिनेमातर्फ उनीहरूलाई पछि पार्न लागेका हुन्। कमेडी सिनेमामा हाल सर्वाधिक व्यापारको रेकर्ड अजय देवगन स्टारर ‘गोलमाल अगेन’को नाममा छ।

Image result for salman khan

सिनेमाले कुल २०५.५० करोड भारू कमाइ गरेको थियो। त्यसपछि यस सूचिमा आयुष्मान खुर्रानाको ‘ड्रीम गर्ल’ र सलमान खानको ‘रेडी’ पर्छ। टाइम्स अफ इण्डियामा प्रकाशित रिपोर्टका अनुसार अक्षय कुमारको पछिल्लो रिलिज ‘हाउसपुल ४’ले यी सिनेमाको कीर्तिमान तोड्ने तयारीमा छ।

सिनेमाले अब २०६ करोड भारूको कमाइ छुन केवल २०-२५ लाख मात्र बाँकी छ। सिनेमा रिलिज भएको पाँचौ सातामा पनि सिनेमा गुजरात तथा महाराष्ट्रका कयौं ठूला सिनेमाघरमा प्रदर्शनरतः छ।

यस्तोमा सिनेमाले केही दिनमा २०६ करोड भारूको कमाइ गर्ने र मामिलामा अजय, समलान र आयुष्मानलाई पछि पार्ने अनुमान गरिएको छ।

सिनेमाले वक्सअफिसमा सुखद व्यापार गरिरहेको भएपनि रिलिजपछि भने समीक्षकहरूबाट चर्को आलोचना खेपेको थियो।

Related image

कतिपय समीक्षकहरूले सिनेमालाई एक भन्दा पनि कम रेटिङ दिएका थिए।

फहद समजी निर्देशित मल्टिस्टारर यस सिनेमामा अक्षयका अलावा रितेश देशमुख, बबी देवल, कृति सेनन, पूजा हेगडे तथा कृति खरबन्दाको अभिनय रहेको छ।

Image result for ayushmann khurrana

एक उत्तर छोड्न