वक्सअफिसमा ‘केजिएफ’को जादु कायमै

0
345

वक्सअफिसमा ‘केजिएफ’को जादु कायमै

कन्नड सिनेमा ‘केजिएफ: च्याप्टर वान’को हिन्दी संस्करणले रिलिजको १२ औं दिनमा पनि आफ्नो शक्तिशाली प्रभाव कायम राख्न सफल भएको छ।

कन्नड वक्सअफिसमा कीर्तिमानी बनेको सिनेमाले हिन्दी डबतर्फ आफ्नो कमाइ मंगलबारसम्म ३०.४५ करोड भारू पुर्‍याएको छ। नयाँ वर्षको बिदाको फाइदा उठाएको सिनेमाले दोश्रो मंगलबार २.२५ करोड भारू कमायो।

सिनेमा करिब २२०० पर्दामा रिलिज भएको थियो जसमा भारतमा १२०० पर्दामा हिन्दी डब संस्करण चलेका थिए। यसै गरी दक्षिण भारतमा करिब हजार पर्दामा सिनेमा रिलिज भएको थियो।

सन् ७० को दशकको नेपथ्यमा भनिएको दुई भागको सिनेमा कन्नड भाषामा बनेको हालसम्मकै सर्वाधिक महँगो सिनेमा हो।

हिन्दी डब संस्करणका लागि फर्हान अख्तर संलग्न एक्सेल इन्टरटेन्मेन्टले सहकार्य गरेको थियो। सिनेमा कन्नड भाषाका अलावा हिन्दी,तमिल, तेलेगु, चीनियाँ तथा जापानीमा गरी पाँच डब भाषामा रिलिज भएको थियो।

एक उत्तर छोड्न