विश्वकपमा तोड्लान त रोहित र विराटले सौरभ गांगुलीको २० वर्ष पुरानो यो कीर्तिमान

0
92

३० मे बाट एकदिवसिय क्रिकेट प्रतियोगिताको विश्वकप सुरू हुँदैछ। यस विश्वकपमा पनि विभिन्न कीर्तिमानहरू तोडिने र बन्ने आशा गरिएको छ। त्यसमा कति विश्व कीर्तिमान हुनेछन भने कति सम्बन्धित देशका।

यस्तै आशा भारतका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबाट हुने अनुमान छ। उनीहरूले एक भारतीय खेलडीको नाममा रहेको कीर्तिमान तोड्ने अनुमान गरिएको छ।

क्रिकेटको यस महाकुम्भमा दोहोरो शतकको कीर्तिमान बनिसकेको छ तर भारतीय खेलाडीले यस्तो कीर्तिमान हालसम्म बनाउन सकेका छैनन्। विश्वकपमा भारतको तर्फबाट  सर्वोच्व व्यक्तिगत स्कोर १८३ रनको रहेको छ। यो स्कोर सौरभ गांगुलीले सन् १९९९ मा श्रीलंकाको विरूद्ध जोडेका थिए।

यसअघि कपिलदेवले सन् १९८३ मा नटआउट १७५ रनको स्कोर बनाएका थिए जुन लामोसमयसम्म विश्वकपमा भारतले बनाएको सर्वाधिक स्कोर रहनुका साथै विश्व कीर्तिमान हो। यस रेकर्डलाई दक्षिण अफ्रिकाका ग्यारी कर्सटनले तोडेका थिए।

सौरभको यस कीर्तिमानलाई यसपटक रोहितले तोड्छन भन्ने आशा गरिएको छ। किनकी रोहितको नाममा ३ पटक दोहोरो शतक बनाएको रेकर्ड छ।यस्तोमा रोहितले लामो पारी खेल्दै सौरभले २० वर्ष अगाडी बनाएको भारतीय रेकर्डलाई भंग गर्ने अनुमान गरिएको छ।

यसैगरी रोहितका अलावा शिखर धवन र कोहलीमाथि पनि यसलाई लिएर आशा छ। दुबै राम्रो फर्ममा रहेकाले यस्तो आशा गरिएको हो। कोहलीले यस वर्ष र गत वर्ष पनि वान डे क्रिकेटमा शानदार रेकर्ड राखेकाले विश्वकपमा सो रेकर्ड पुनः दोहोरिन सक्ने अनुमान गरिएको हो। कोहलीले वान डेमा सर्वाधिक १८५ रन स्कोर गरेका छन्।

ईङल्याण्डको पिचका कारण पनि उनीहरूले रेकर्ड बनाउने अनुमान गरिएको हो।

यससमयमा ईङ्ल्याण्डको पिच ब्याट्सम्यानहरूका लागि सहयोगी छ। यस पिचमा एक पारीमा ५०० रनको स्कोर पनि बन्न सक्छ। यसतो भारतको शीर्ष ब्याटिङ चम्किने अनुमान गरिएको हो। वान डेमा रोहितले सात पटक १५० वा सो भन्दा माथिको स्कोर बनाएका छन्। उनको सर्वाधिक स्कोर २६४ रन हो, जुन एउटा विश्वकीर्तिमान पनि हो।

एक उत्तर छोड्न