‘वीर विक्रम २’ को ट्रेलर

0
167

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वीर विक्रम २’ को ट्रेलर रिलिज भएको छ । प्रेम, मित्रता र दुश्मनीलाई देखाइएको ट्रेलरमा चलचित्रमा अभिनेताद्धय पल शाह, नाजिर हुसेन, अभिनेत्री वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ । राजधानीमा आयोजित पत्रकार भेटघाटमा कार्यकारी निर्माता अर्पण सापकोटाले चलचित्रले सामाजिक विषयलाई उठाएको जनाए । रन्जिता सिवाकोटी सह–निर्मात्री रहेको यस चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । त्यस्तै, बनिश शाहको सम्पादन रहेको यो चलचित्रको छायांकन सुदिप बराल तथा द्वन्द्व हिमाल केसीले गरेका छन् ।

सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा नाजिर र पललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । त्यसैगरी अभिनेत्री वर्षालाई प्रेम गर्ने पात्रका विषयलाई देखाइएको चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षले जिकिर गरेको छ । दुई अभिनेताबीचको प्रेमयुद्ध तथा बुद्धि तामाङको प्रवेशलाई देखाइएको छ । यो चलचित्र ३ जेठबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक चाम्सले जानकारी दिए ।

एक उत्तर छोड्न