‘समर लभ’ को ट्रेलर रिलिज

0
149

‘समर लभ’ को ट्रेलर रिलिज

काठमाडौं । मुस्कान ढकालले निर्देशन गरेको चलचित्र ‘समर लभ’ को टे«लर सार्वजनिक भएको छ । सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा टिएनजरको प्रेमकथालाई समेटिएको छ । राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरिएको यो चलचित्रको ट्रेलरमा अभिनेता आशिष पिया र अभिनेत्री रेवती क्षेत्रीलाई प्रस्तुत गरिएको छ ।

त्यस्तै, चलचित्रमा सरोज खनाल, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी र ओम प्रतिक लगायतको अभिनय छ । उपन्यासकार सुबिनको कथा रहेको यस चलचित्रमा पुष्पन प्रधानले संगीत दिएका छन् । वास्तविक प्रेम गर्ने जोडीको सम्बन्धलाई चलचित्रमा फरक ढंगले प्रस्तुत गरिएको निर्देशक ढकालले बताए । उनले भने, ‘चलचित्रले युवापुस्तामात्रै नभएर सबै नेपालीको मन जित्ने कुरामा विश्वस्त छौं ।’

एक उत्तर छोड्न