सांसद शान्ता चौधरीको गाडी अर्जुनखोलामा खस्यो

0
59

बासुदेब गिरी, प्युठान । दाङमा नेकपाकी सचेतक तथा सांसद शान्ता चौधरी चढ्ने गाडि दुर्घटना भएको छ । घोराही बाट लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो लमहीघोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त स्कारपियो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्कने क्रममा दुर्घटना भएको हो । चालकका अनुसार सडकमा एक्कासी जंगली जनावर जरायो सडकमा आउदा त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।

गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए । गाडी चालक रतन चौधरी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

एक उत्तर छोड्न