सांस्कृतिक महोत्सवमा रोक नलगाउन उच्च अदालतको आदेश

0
77

संखुवासभा। शक्ति पिक म्युजिक फेस्टिभल प्रालिले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव रोक नलगाउन उच्च अदालत धनकुटाले अन्तरिम आदेश जारी गरेको छ । २२ देखि २९ चैतसम्म मादी नगरपालिका–१ राँकेडाँडामा गर्ने भनिएको महोत्सव जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएपछि आयोजकले उच्च अदालत धनकुटामा रिट दर्ता गराएका थिए । रिटको विषयमा उच्च अदालत धनकुटामा भएको बहसमा कम्पनीले आफ्नो उद्देश्यअनुरूप कार्यक्रम गर्नलाई कानुनतः रोक लगाउन सक्ने नदेखिएको बताइएको छ ।

महोत्सवमा लागूपदार्थको प्रयोग, अश्लील गतिविधि र खुला यौन गतिविधि हुने भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले २१ चैतमा महोत्सव नगर्न सूचना जारी गरेको थियो । शक्ति पिक कम्पनीले अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव नाम दिएता पनि जिल्ला प्रशासनले भने ट्रान्स पार्टी प्रकृतिको हुन सक्ने भन्दै रोक लगाएको थियो ।

यता, महोत्सवको आयोजक शक्ति पिक म्युजिक फेस्टिभल प्रालिका अध्यक्षसमेत रहेका सुवास केसीलाई २९ चैतभित्रमा उच्च अदालत धनकुटामा उपस्थित गराउन आदेश दिइएको छ । केसी जिल्ला प्रहरी कार्यालय संखुवासभामा थुनामा रहेका छन् ।

एक उत्तर छोड्न