सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भुटान र माल्दिभ्सले खाता खोल्न सकेनन्

0
59

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाले ५ वटा पदक जितेको छ । आइतबार  सागको औपचारिक उद्घाटन भएको थियो ।  सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक समावेश छ ।  यस्तै भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य  जितेको छ । यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।

एक उत्तर छोड्न