सिंगापुरको विजयी सुरुआत

0
114

काठमाडौं । एसीसी यू–१९ इस्र्टन रिजन क्रिकेटमा नेपालको समूहमा रहेको सिंगापुरले विजयी सुरुआत गरेको छ । मलेसियामा मंगलबार भएको खेलमा चीनमाथि ८ विकेटको जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीन २३ ओभरमा जम्मा २८ रन बनाउँदै अल आउट भयो । चीनले २८ रन मध्ये १५ रन अतिरिक्त पाएको थियो ।चीनका सात जना व्याट्सम्यानले खाता नै खोल्न सकेनन् भने सर्वाधक रन वेइ गुइलीले ७ रन बनाए । उनले ५५ बल फेस गरेका थिए ।

गुहावो गोएले ३ रन बनाउँँदा लिंङ चेन २ तथा लियूङ याङले १ रन जोडे । सिंगापुरका विनित चितेस मेहता एक्लैले सात विकेट हात पारे । ६ओभर बलिङ गरेका उनले २ ओभर मेडन राखेर ८ रन खर्चंदै ७ विकेट हात पारेका हुन् । नेल अनन्त कर्णिक, प्रणव सुर्दशन र प्रमेश सिंघवीले एक एक विकेट लिए । सिंघवीले ७ ओभर बलिङ गर्दा ५ ओभर मेडन राख्दै ३ रन खर्चिएका थिए ।

कर्णिकले ६ओभरमा ३ ओभर मेडन राख्दै ६रन दिए । २९ रनको सामान्य लक्ष्य सिंगापुरले ६ दशमलव ५ ओभरमा पूरा गरेको थियो । उसको जितमा साई हर्ष बेनुगोपाल १५ तथा हरि कुक्रेजाले ४ रनको अभिजित पारि खेले । विनित चेतेस मेहता ११ रनमा आउट हुँदा कान्नुसमि शतिस १ रनमा पेभेलियन फर्किए । चीनका टियान सेन कुनले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत बुधबार चीनले नेपालको सामना गर्ने छ ।

एक उत्तर छोड्न