सिकेसँग भएको सम्झौता राष्ट्रघाती भएको भन्दै नेविसंघको विरोध प्रदर्शन

0
29

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोधमा राजधानीमा विरोध प्रर्दशन गरेको छ । नेपाल विद्यार्थी संघले मंगलबार सरकार र सिके राउतबीचकोे राजनीतिक सहमति विरुद्ध प्रर्दशन गरेको हो । 

त्रिचन्द्र क्याम्पस परिसरबाट निस्किेको विरोध र्याली बागबजार हुँदै प्रर्दशनी मार्गबाट पुन बागबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । सम्झौता राष्ट्रघाती भएको भन्दै विद्यार्थीले ११ बुँदे सम्झौता सच्याउन माग गरे ।

स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र सरकारबीच भएको सम्झौतामा प्रयोग भएको शब्दाबली दुईअर्थी भएको र त्यसले राष्ट्रमा विखण्डन ल्याउने भन्दै सत्तारुढ दलकै नेताहरुले पनि सम्झौताको विरोध गर्दै आएका छन् । 

एक उत्तर छोड्न