सुवासले ल्याए ‘आमा’

0
134

काठमाडौं । सुवास केसीको शब्द, आवाज र संगीत रहेको गीत ‘आमा…’ सार्वजनिक भएको छ । सवीन लिम्बूको एरेञ्ज रहेको गीतको भिडियोसमेत रिलिज भएको हो ।

रामजीत राउतले निर्देशन गरेको गीतको भिडियोमा मधु न्यौपाने, केसु गुरुङ, नवराज पाण्डे, जीत तामाङ र बालकलाकार ड्रिम दुलालको अभिनय छ ।

राम यादवको ड्रोन, अर्जुन सापकोटाको छायांकन रहेको गीतको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन् । आमाका विषयमा लेखिएको उक्त गीतमा मातृभूमिप्रतिको आस्थालाई प्रगाढ बनाउने कोसिस गरेको केसीले बताए ।

एक उत्तर छोड्न