स्वाइनफ्लुको संक्रमण देखिन थाल्यो, सतर्क रहन चिकित्सकको आग्रह

0
135

स्वाइनफ्लुको संक्रमण देखिन थाल्यो, सतर्क रहन चिकित्सकको आग्रह

काठमाण्डौ – विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् । काठमाण्डौ, रामेछाप र बारालगायत ठाउँका अस्पतालमा पुगेका बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

विषेशगरी मंसिरदेखि माघसम्म र वर्षायामका बेला स्वाइन फ्लु देखिने गर्छ । स्वाइनफुलु छिट्टो सर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने लक्षण स्वाइनफ्लुको हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा गइहाल्न डाक्टर पुनले आग्रह गर्नुभयो ।

चार प्रकारका स्वाइनफ्लु मध्ये एचवान एनवान भाइरस सबैभन्दा खतरनाक हो । अहिले नेपालका विभिन्न ठाउँमा देखिएको भाइरस पनि एचवान एनवान नै भएकाले झनै सतर्कता अपनाउनुपर्ने डाक्टर पुनले बताउनुभयो ।

यो रोग सुँगुरको सम्पर्कबाट सर्ने रोग भनेर चिनिए पनि झारपात र अरु जनावरको सम्पर्कबाट पनि सर्ने गर्छ । स्वाइन फ्लूबाट बच्न बाहिर हिँड्दा मास्क लगाउने, रोगीको सम्पर्कमा सकेसम्म नजाने र शंका लागे जँचाउन गइहाल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

एक उत्तर छोड्न