हङकङको संसद भवनभित्र ‘हिंस्रक व्यवहार’ पछि चीनको यस्तो प्रतिक्रिया

0
145

हङकङका प्रदर्शनकारीको शान्तिपूर्ण विरोध त्यतिबेला हिंस्रक भयो जब केही प्रदर्शनकारीले थुप्रै घण्टासम्म संसद भवनलाई आफ्नो कब्जामा लिए । सैयौं पुलिसले प्रदर्शनकारीलाई हटाउनका लागि अश्रु ग्यासको प्रयोग गर्नुपर्यो ।

चीनले प्रदर्शनकारीको यो व्यवहारलाई गैर–कानूनी बताउँदै कानूनको धज्जी उडाएको भन्दै आलोचना गरेको छ ।

चीन सरकारले शहरको प्रशासनलाई यसको अनुसन्धान गर्न भनेको छ ।

हङकङ चीनको नै हिस्सा हो तर ‘एक देश दुई सिस्टम’ अनुसार चल्छ अर्थात् हङकङ सँग स्वतन्त्रता छ । यहाँका नागरिकसँग यस्ता अधिकार पनि छन् जुन चीनका नागरिकसँग छैन ।

चीनको सरकारले भनेको छ, ‘संसद भवनलाई क्षती पुर्याउनु ‘एक देश दुई सिस्टम’ को नियमलाई चुनौती दिनु हो ।’

बीबीसीकी एशिया प्यासिफिक एडिटर सिलिया हेट्टनका अनुसार अहिलेसम्म चीन सरकारले प्रर्दशनलाई टाढैबाट हेरिरहेको थियो तर सोमबार हिंसापछि यस्तो लाग्छ कि चीन हङकङ माथि कडा रुपमा प्रस्तुत हुनेछ ।

सरकारले प्रत्यर्पण बिललाई गत महिनादेखि स्थगित गरेको थियो अब सायदै यो पास गरिन्छ तर प्रशर्ननकारी यसलाई पूर्ण रुपमा रद्द गर्न चाहन्छन् । उनीहरु हङकङ की चिफ एक्जेक्युटिभ क्यारी लेमलाई कुर्सी छोड्न भनिरहेका छन् ।

Photo: REUTERS

सोमबार के भयो ?

एक जुलाईलाई ब्रिटिश शासनबाट हङकङ चीनलाई सुम्पिएको वर्षगाँठको रुपमा मनाइन्छ र हरेक वर्ष यो दिनमा लोकतन्त्रका लागि र्‍याली आयोजना हुन्छ । तर यो वर्ष सोमबारको दिन यो वर्षगाँठ सामान्य थिएन ।

हङकङ की चीफ एक्जिक्युटिभ अर्थात् सबैभन्दा ठूलो नेता केरी लेमले झण्डा फहराउनु थियो त्यो स्थान वरिपरि प्रदर्शनकारीले बाटो जाम गरिदिए ।

अपरान्हसम्म सयौं प्रदर्शनकारी मुख्य प्रदर्शन भइरहेको स्थानबाट हटेर संसद भवनभित्र छिरिसकेका थिए ।

प्रदर्शनकारीले संसद भवनभित्रको मुख्य सभास्थलमा हङकङ को प्रतिक चिन्हमाथि कालो स्प्रे छरिदिए र बेलायती औननिवेशिक झण्डा फहराए ।

कतिले फर्निचर तोडे र कतिले भित्तामा नारा लेखे ।

उनीहरुलाई पुलिसको पटक–पटक चेतावनीपश्चात् हटाउन सकियो ।

Photo: REUTERS

हङकङ को संसद भवन भित्र प्रदर्शनकारीको ‘हिंस्रक व्यवहार’

क्यारी लेमले के भनिन् ?

क्यारी लेमले यस्तो प्रकारको घटनाले थुप्रैलाई झट्का दिएको निराश बनाएको बताएकी छिन् ।

एक जुलाईमा हुने वार्षिक शान्तिपूर्ण र्‍यालीले हङकङ को मूल शान्ति र व्यवस्थालाई दर्साउँछ ।

थोरै भावुक हुँदै उनले भनिन्, ‘मलाई आशा छ कि समाज पहिलेको झैं चाँडै नै सामान्य हुनेछ ।’

उनले प्रर्दशनकारीको माग पुरा गर्न असफल भएको आरोपलाई उनले पूर्ण रुपमा अस्विकार गरेकी छिन् । उनले भनिन्, ‘हरेक मागलाई सम्बोधन नगर्नु पूर्ण रुपमा सही हो ।’

उनले थपिन्, ‘सरकारको कार्यकाल समाप्त हुने बित्तिकै नयाँ बिल पनि समाप्त हुनेछ ।’

क्यारीका अनुसार हरेक प्रदर्शनकारीलाई आधिकारिक रुपमा माफी दिनु कानूनको दायरामा पदैन ।

हङकङ को प्रशासनले प्रदर्शनकारीको कुनै गैर–कानूनी व्यवहारमा कारवाही गर्ने उनले बताएकी छिन् ।

एक उत्तर छोड्न