‘हजार जुनीसम्म’ ले रिलिज गर्यो पूर्वेली भाकामा ‘एमजी रोडैमा’

0
65

‘हजार जुनीसम्म’ सिनेमाले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमामा समावेश ‘एमजी रोडैमा’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ ।गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

सार्वजनिक गीतको भिडियोमा कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानलाई फिचर्ड छन् ।विकास राज आचार्य निर्देशित यस सिनेमाबाट अखिलेस प्रधान ‘हजार जुनीसम्म’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

सिनेमा आगामी श्रावण ३० गते रिलिज हुनेछ।विशाल चाम्लिङ्गको निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता कविता रेग्मी हुन् ।सिनेमामा आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।

विशाल चाम्लिङ्गको कथा रहेको सिनेमामा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ ।

एक उत्तर छोड्न