१ मिनेटमा २ गोल गर्दै बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो

0
44

शनिबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबल अन्तर्गत दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको छ।

जितसँगै बार्सिलोनाले दोश्रो स्थानको एथ्लेटिकोसँग ११ अंकको दुरी कायम गरेको छ ।

हिजोको खेलमा एथ्लेटिको १० खेलाडीमा सिमित भयो। २८ औँ मिनेटमा नै डिएगो कोस्टा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडले अन्तिम समय नतिजा बार्सिलोनालाई सुम्पियो।

खेलको ८५ औँ मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले पहिलो गोल गरे । त्यसको एक मिनेटमै कप्तान लियोनल मेस्सीले ८६ औं गोल गरे र बार्सिलोनालाई २–० को जित हात लाग्यो ।

जितपछि बार्सिलोनाको ३१ खेलबाट ७३ अंक छ भने एथ्लेटिको मड्रिडको ६२ अंकसहित दोश्रो स्थानमा रहेको छ ।

एक उत्तर छोड्न