३९ एसएसपीको सरुवा, काठमाडौंमा छविलाल जाेशी, को कहाँ ?

0
512

काठमाडौं : गृह मन्त्रालयले ३९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। बुधबार बसेको गृहमन्त्री स्तरीय बैठकले एसएसपीको सरुवा गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखामा रहेका सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ भने काठमाडौं प्रहरी प्रमुखमा छबिलाल जोशीलाई ल्याइएको छ। काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापा सेवाअवधिका कारण अवकाश भएपछि काठमाडौं प्रहरी प्रमुख खाली थियो। यसैगरी ललितपुर प्रहरी प्रमुखमा ठुले राई, लागूऔषध नियन्त्रण ब्युरोमा धिरु बस्नेत, अपराध महाशाखामा दिनेश अमात्यलाई ल्याईएको छ।

 

एक उत्तर छोड्न