७५ बर्षिय बृद्धालाई मलमुत्र खुवाउने तीन छिमेकी पक्राउ

0
284

उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई मलमुत्र खुवाएर यातना दिने छिमेकीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यलयबाट गएको टोलीले रेश्मालाई यातना दिने उनकै छिमेकका एकै परिवारका ३ जनालाई पक्राउ गरेको हो।

५० वर्षीय बक्ते राई, उनकी ४७ वर्षीया श्रीमती गर्भी र छोरा ३२ वर्षीय देवबहादुरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ललनप्रसाद राउतकुर्मीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रहरी चौकी उदयपुरगढीको सहयोगमा बक्ते, उनकी श्रीमती गर्भी र छोरा देवबहादुरलाई पक्राउ गरि ल्याउदै गरेको राउतकुर्मीले बताए।

पशु चौपाया छाडा छोड्दा आफनो बाली नष्ट भएको गुनासो गर्न पुगेकी बृद्धा रेश्मालाई ३ दिनअघि छिमेकी बक्तेको परिवारले कुटपिट गर्दै मान्छेको मलमुत्र खुवाएका थिए। कुटपिटबाट बृद्धा रेश्माको दायाँ आँखामा गम्भीर चोट लागेको छ। शरीरका अन्य भागमा पनि निलडाम छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक कुर्मीले वताए।

छिमेकीले दिनहुँजसो आफनो बारीमा बस्तु छाडा छोड्दा लगाएको बाली नष्ट भएको वृद्धा राईले बताएकी छन्। बस्तु नछोडन भन्दा उल्टै कुटपिट गरेर दिसापिसाव खुवाएको उनी बताउछिन्। बृद्धालाई यातना दिने तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई पुयाएपछि हिरासतमा लिएर अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न