८ किलो सुनसहित दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

0
38

८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति ८ किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलका एक अधिकारीले बताए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । स्रोतका उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

एक उत्तर छोड्न