Home सूचना प्रविधि एप्पलको नयाँ आइफोन सार्वजनिक, के के छन् फिचर्स ?

एप्पलको नयाँ आइफोन सार्वजनिक, के के छन् फिचर्स ?

अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गरेको छ । आफ्नो सुपथ मूल्यको आइफोनका रूपमा एप्पलले iPhone SE (2020) सार्वजनिक गरेको हो । बहुप्रतिक्षित यो नयाँ फोन सन् २०१६ मा लञ्च भएको आइफोन एसइको नयाँ भर्सनको रूपमा रहेको छ । यसमा ४.७ इन्चको स्क्रिन रहेको छ । जबकी चार वर्षअघिको आइफोन एसइको स्क्रिन ४ इन्च रहेको छ । यो फोनको मूल्य ३ सय ९९ डलर तोकिएको छ ।

यसअघि मार्च महिनामै नयाँ आइफोन सार्वजनिक हुने भनिएको भएपनि कोरोना भाइरस महामारीका कारण आइफोन एसइ २०२० सार्वजनिक हुन केही ढिलो भएको हो ।

आइफोन एसइ २०२० को डिजाइन आइफोन एट जस्तै रहेको छ । आइफोन एस इ २०२० सँगै आइफोनमा होम बटनको पुनरागमन पनि भएको छ । साथै यो फोनमा फेस आइडीको साटो टच आइडी रहेको छ । स्मरण रहोस् एप्पलले सन् २०१७ मा लञ्च गरेको आइफोन एक्स सिरिजबाटै होम बटनलाई विदाई गरेको थियो । एप्पलका अनुसार सेन्सरलाई जोगाउन तथा होम बटनलाई मजबुत बनाउनका लागि सफाएर क्रिस्टलको प्रयोग गरिएको ।

आइफोन एसइ २०२० मा एप्पलको ए१३ प्रोसेसर रहेको छ । यो एप्पलको सबैभन्दा शक्तिशाली प्रोसेसर हो जुन आइफोन ११ सिरिजमा प्रयोग भएको छ । यसको अर्थ एप्पलको यो सस्तो फोन उसका आइफोन ११ सिरिजका महंगा फोनजस्तै फास्ट हुनेछ ।

यो आइफोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा हुनेछ जसले फोर के भिडियो रेकर्ड गर्न सक्दछ । त्यस्तै यो फोनमा ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । क्यामरामा खिचिएका तस्वीरहरू एप्पलको स्मार्ट एचडिआर अल्गोरिदमबाट परिस्कृत गर्न सकिनेछ, तथापि क्यामरामा नाइट मोड भने उपलब्ध छैन ।

इन्टर्नल स्टोरेजका आधारमा यो नयाँ आइफोन ६४, १२८ र २५६ गरी तिन प्रकारको उपलब्ध हुनेछ ।

यो फोनको डिस्प्ले आइपिएस एलसिडी डिस्प्ले रहेको छ जसको रिजोलुसन क्षमता १३३४ गुणा ७५० पिक्सेल रहेको छ । आइफोनको डिस्प्लेले Dobly Vision तथा HDR10 पनि सपोर्ट गर्नेछ ।

यो फोनसँगै ५ वाटको सानो चार्जिङ एडाप्टर उपलब्ध हुनेछ । तर छिटो चार्जिङका लागि १८ वाटको एडाप्टर पनि प्रयोग गर्न सकिनेछ । साथै यो फोनले वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने बताइएको छ ।
नयाँ आइफोन कालो, सेतो र रातो गरी तीन रङमा उपलब्ध हुनेछ ।

अमेरिकामा यो नयाँ आइफोनको प्रि अर्डर अप्रिल १७ बाट सुरु हुने र आगामी अप्रिल २४ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।
एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मेगा बैंकका ग्राहकहरुलाई घरमै बसी सामान किन्दा विशेष छुट

काठमाडौं, ५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्...

अमेरिकी महिलाको अनौठो आइडिया : मास्कमा पुरुष यौनांग

अमेरिकाको उटाकी एकजना महिलाले निकै आपत्तिजनक मास्क लगाउन थालेकी छन् । आपत्तिजनक यो अर्थमा कि उनको मास्कको कपडामा रङ्गिन चित्र छन् । अनि ती...

ला लिगा नभए शीर्ष चार क्लब च्याम्पियन्स लिगमा !

४ वैशाख काठमाडौं । स्पेनिस फुटबल संघले अब ला लिगा फेरि शुरु नभए शीर्ष चार क्लब अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने प्रस्ताव गरेको...

‘२ नम्बरी’को छायांकन मिस गर्दै पल

लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग गरेपछि नायक पल शाह यतिबेला चर्चामा छन् । लकडाउन सुरु हुनु अघि उनी चलचित्र...

Recent Comments