च्याम्पियन्स् लिगको भविष्य निर्धारण बैठक बस्ने

0
33

काठमाडौं । च्याम्पियन्स् लिगको भविष्य निर्धारण बैठक बस्ने भएको छ । फाइनल खेल अगस्त २९ मा गर्ने योजनासहित अप्रिल २३ मा बैठक बस्न लागेको हो ।

कोरोना भाइरस महामारीको बढ्दो प्रकोपले युरोपको फुटबल गतिविधि अनिश्चित अवस्थामा छ । च्याम्पियन्स् लिग र युरोपका फुटबल लिगको भविष्य निर्धारण गर्न युईएफएले अप्रिलको २३ मा बैठक बस्ने जनाएको छ ।

युईएफएको स्वीकृतिमा स्थगित सबै लिग चाँडो भन्दा चाडो सक्ने तैयारी भइरहेको छ । विभिन्न लिग कमिटीले सेप्टेम्बरअघि यस सिजनका सबै खेल सक्ने एउटा विकल्पमाथि तीव्र रुपमा छलफल भइरहेको बुझिएको छ । यी सबै योजना अन्तर्गत सबैभन्दा बढी छलफल अगस्त २९ मा इस्तानबुलमा च्याम्यिन्स् लिग फाइनल सक्ने बारेमा भइरहेको छ ।

पहिलो योजना भनेको च्याम्पियनस् लिगको नकआउट चरण नियमित रुपमा नै गर्ने र जुलाईमा क्वार्टरफाइनल पश्चात अगस्तमा फाइनल खेल खेलाउने रहेको छ । सबै क्वार्टरफाइनल खेल सिङ्गल लेगको गर्ने विकल्पमाथि पनि छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here