Home अर्थ मेगा बैंकका ग्राहकहरुलाई घरमै बसी सामान किन्दा विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई घरमै बसी सामान किन्दा विशेष छुट

काठमाडौं, ५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् ।

दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ ।

कोरोनाभाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ ।

जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मेगा बैंकका ग्राहकहरुलाई घरमै बसी सामान किन्दा विशेष छुट

काठमाडौं, ५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्...

अमेरिकी महिलाको अनौठो आइडिया : मास्कमा पुरुष यौनांग

अमेरिकाको उटाकी एकजना महिलाले निकै आपत्तिजनक मास्क लगाउन थालेकी छन् । आपत्तिजनक यो अर्थमा कि उनको मास्कको कपडामा रङ्गिन चित्र छन् । अनि ती...

ला लिगा नभए शीर्ष चार क्लब च्याम्पियन्स लिगमा !

४ वैशाख काठमाडौं । स्पेनिस फुटबल संघले अब ला लिगा फेरि शुरु नभए शीर्ष चार क्लब अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने प्रस्ताव गरेको...

‘२ नम्बरी’को छायांकन मिस गर्दै पल

लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग गरेपछि नायक पल शाह यतिबेला चर्चामा छन् । लकडाउन सुरु हुनु अघि उनी चलचित्र...

Recent Comments